बेपत्ता पारिएका हुन् कि, हराएका हुन् दिलिप ? प्रदेश सभामा उठ्यो खोजीको माग
पाेखरा | माघ २०, २०७९
पोखरा: मध्यरातमा साथीहरुसँग बसिरहेका दिलिप विश्वकर्मालाई प्रेमिकाले भेट्न बोलाउँछिन् ।
साथीहरुलाई भेट्न घरबाट निस्किएका दिलिप विश्वकर्मा साथीहरुसगँ बसिरहेका बेला प्रमिकाले भेट्न बोलाएपछि प्रमिका भेट्न साथीहरुबाट छुटेका दिलिप पाँच महिनादेखि परिवार र साथीबाट हराइरहेका छन् ।
साथीहरुसँग ११ बजेसम्म बसिरहेका दिलिप प्रमिकाले भेट्न बोलाएपछि हराएका दिलिप बिहान अबेरसम्म पनि घरमा नफर्किए पछि स्थानीयको सहयोगमा दिनभर गाउँमा खोजी गर्दा पनि कतै फेला नपरेपछि खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा खोजी गरिदिन निवदेन दिन्छन् ।
दिलिप हराएको खवरपछि जिल्ला प्रहरी कार्यालय बागलुङ र इलाका प्रहरीबाट खटिएको प्रहरी र स्थानीयले गाउँमा खोजी गरेपनि उनको कुनै पत्ता नलागेपछि प्रहरीले अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।
२०७९ भदौ १६ गते राति ८ बजे साथीहरु भेट्न निस्किएका दिलिप ११ बजे प्रमिकाले भेट्न बोलाएपछि बेपत्ता भएको परिवारको आरोप छ ।
दिलिपका परिवारले बेपत्ता पारिएको भन्ने आरोप लगाएपनि त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगा बहादुर थापाले सुनगाभा न्यूजलाई बताए ।
‘ भदौ १६ गते बेलुकाबाट हराएको भन्ने छ, १७ गते मात्र हराएको निवदेन आएपछि जिल्लाबाट नै प्रहरी खटाएर खोजी गरेको हौं, परिवारका अनुसार गाउँकै एक युवतीसँग प्रेम सम्बन्धमा रहेको भन्ने अनुसन्धानमा देखिएको छ, डीएसपी थापाले भने, ‘अन्तिम फोन प्रेमिका भनिएको युवतीसँग नै भएको छ तर युवतीको घर सम्म पुगे पुगेन भन्ने प्रमाण फेला पारेका छैनौ, बेपत्ता पारिएका हुन् वा हराएका हुन् अनुसन्धानको क्रममा नै छौं ।’
प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको परिवारले आरोप लगाउँदै आएको छ । घरको एक्लो छोरो हो, कि लास कि सास भन्दै खोजी गर्दै प्रहरी प्रशासन धाएको धेरै भयो तर केही उपलब्धि हुन सकेन आफन्त रोशन विश्वकर्मा भन्छन् ।
‘साथीहरुसँग बसिरहेका दिलिप प्रेमिकाले भेट्न बोलाएपछि हराएका छन्, विश्वकर्मा भन्छन्, ‘प्रेमिमका भनिएका युवती नावालिका भएको कारण राम्रोसँग सोधपुज गर्न नमिलेको भन्दै प्रहरी प्रशासनले छानविन गरेको छैन, नावालिका भएपनि राम्रोसँग छानविन र सोधबुझ गर्न माग गरिरहेका छौं ।’
बागलुङको निसिखोला गाउँपालिका १ हर्पे घर भएका १९ वर्षीय दिलिप विश्वकर्मा देवीस्थान माध्यमिक विद्यालय कक्षा १० अध्ययनरत हुन् । परिवारका अनुसार दिलिप गाउँकै अन्तरजातिय प्रेमसम्बन्धमा थिए ।
प्रदेश सभामा खोजी गर्न माग
गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको विशेष समयमा बोल्दै पाँच महिनादेखि हराइरहेका दिलिप विश्वकर्मालाई खोजी गर्न माग गरेकी हुन् ।
‘छुवाछुट सम्बन्धि ऐन कानुन संविधानमा सिमित भए, समाजमा छुवाछुट अझै छ, सांसद पौवीले भनिन्, ‘अन्तरजातिय प्रेमसम्बन्धमा रहेकै कारण बागलुङ निसिखोला गाउँपालिकाका दिलिप विकलाई गायव बनाइएको छ, खोजी कार्य गरिदिन प्रदेश सभामा माग गरेको छु ।’
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

